नेकपा (माओवादी केन्द्र) शीर्ष नेता जनार्दन शर्मा ‘प्रभाकर’को वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ।
पश्चिम रुकुम मुसिकोट–५ मा कांग्रेसका उम्मेदवारले माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेका हुन्।
नेपाली कांग्रेसका उम्मेदवार समीरजङ्ग मल्ल ५ सय ८ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार सुशिल गौतमले ४ सय २४ मत मात्रै प्राप्त गरेका छन्।
त्यस्तै, खुला सदस्यमा कांग्रेसका मनकुमारी वली, कालीबहादुर खत्री, प्रतिभा नेपाली र टीका देवकोटा विजयी भएका छन्।
अर्थमन्त्रीसमेत रहेका शर्माले आफ्नै वडा गुमाएपछि थप आलोचनाको पात्र बनेका छन्। उनी पछिल्लो समय जिल्लामा मात्रै होइन आफ्नै गृहपालिकामा पनि कमजोर भएको अनुमान गरिएको छ।