ओलीको गृहनगर दमकमा राप्रपा अगाडि, एमाले पछाडि

झापाको दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता रहेको छ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा एमालेलाई पछाडि पार्दै राप्रपाले अग्रता कायम गरेको हो। 

मेयर पदका उम्मेदवार राप्रपाका रामकुमार थापाले ५०९१ मत ल्याएका छन् भने एमालेकी उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले ४४९५ मत ल्याएकी छन्।

उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई ४९४३ मत ल्याएर पहिलो स्थानमा छिन् भने दोस्रोमा रहेका एमालेका अम्बिकाप्रसाद खनालले ४३४४ मत ल्याएका छन्।

प्रकाशित मिति: : 2022-05-16 12:51:00

प्रतिकृया दिनुहोस्