बैतडीको शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रसका कर्णसिंह साउद र उपाध्यक्षमा नेकपा(एमाले)का सकुन्तला साउद विजयी भएका छन्।
अध्यक्षमा कर्णले ३ हजार १ सय ६५ मत ल्याइ विजयी हुदाँ उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हजारी साउदले २ हजार ८ सय ४९ मत ल्याएका छन्।
उपाध्यक्षमा एमालेका सकुन्तला साउदले २ हजार ८ सय १७ मत ल्याइ विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नरेन्द्र सिंह साउदले २ हजार ६ सय ७९ मत ल्याएका छन्।
६ वडा रहेको शिवनाथको ३ वडामा नेकपा(माओवादी केन्द्र)ले विजय हासिल गरेको छ भने, २वडामा कांग्रेस र १मा एमाले विजय भएको छ।
शिवनाथ गाउँपालिकाको वडा न. १, वडा न. ३ र वडा न. ५ मा नेपाली कांग्रेस विजयी भएको छ भने, वडा न.२, वडा न. ४ मा नेकपा एमाले विजय भएको छ। वडा न. १ को अध्यक्षमा कांग्रेसका बल्देव सिंह चाड विजयी हुँदा वडा न.२ को अध्यक्षमा एमालेका सुरेन्द्र सिंह साउद विजयी भएका छन्।
यसैगरी वडा न.३ मा कांग्रेसका केशव कलौनी विजयी हुदाँ वडा न. ४ मा एमालेका धनबहादुर महता विजयी भएका छन्। वडा न.५ मा कांग्रेसकै केशव चन्द विजयी भएका छन्। वडा न. ६ मा नेकपा(माओवादी केन्द्र)का भरत पार्की विजयी भएका छन्।