पोखरामा धनराज आचार्यको अग्रता कायमै

file photo
file photo

पोखरा महानगरपालिका मतगणना जारी छ। 

पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ६३ मतको ल्याएका छन्। 

पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ र २५ को ४ हजार ६ सय मतगणनामा आचार्यले १ सय २६ मतले अग्रता लिएका हुन्।

निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले १ हजार ९ सय ३७ मत ल्याएर पछ्याइरहेका छन्। 

मेयर तर्फ राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८ मत प्राप्त गरेका छन्।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार ९ सय २५ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जु गुरुङले १ हजार ७ सय ६५ मत प्राप्त गरेकी छन्। 

उनीहरूको मत अन्तर १ सय ४४ छ। पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो।

प्रकाशित मिति: : 2022-05-15 21:15:00

प्रतिकृया दिनुहोस्