दाङमा २४ वडाको नजिता सार्वजनिक, कुन वडामा कसले जिते?

दाङमा आइतबार साँझ ८ बजेसम्म २४ वडाको मत परिणाम सार्वजनिक भएको छ।

जसमा एक स्वतन्त्रसहित अन्य तीन राजनीतिक दलहरुले जित निकालेका छन्। 

जिल्लाका १०० वडा मध्ये तुलसीपुरका १९ वटा वडा बाहेकका अन्य वडाको मत गणना भइरहेको छ। जसअनुसार नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ८ र नेकपा एमालेले ७ वटा वडामा जित निकालेका छन्।

स्वतन्त्रबाट शान्तिनगर गाउँपालिका वडा नं २ मा सुनिल वलीले जतिेका छन्। उनी कांग्रेसबाट रुष्ट हुँदै बागी उम्मेदवारी दिएका थिए।

यस्तै नेकपा एमालेबाट गढवा गाउँपालिका–८ मा अव्दुल खालिक सिद्धिकी, राजपुर गाउँपालिका–१ मा सूर्यप्रसाद चौधरी, दंगीशरण गाउँपालिका–२ मा डम्वर खत्री, बबई गाउँपालिका–१ मा प्रेमबहादुर डाँगी, बबई–३मा मानबहादुर केसी, राप्ती गाउँपालिका–८ मा चन्द्रबहादुर गुरुङ,  दंगीशरण गाउँपालिका–४ मा कमल चौधरीले र राप्ती गाउँपालिका–१  मा गेमबहादुर खड्का विजयी भएका छन्।

नेपाली कांग्रेसबाट घोराही उपमहानगरपालिका–१९ मा ज्ञानबहादुर रायमाझी, लमही नगरपालिका–९ मा भेषबहादुर केसी, बंगलाचुली गाउँपालिका–१ मा बिष्णु कुँवर, बंगलाचुली गाउँपालिका–२ मैते पुन, दंगीशरण गाउँपालिका–१मा रमेश भण्डारी, दंगीशरण गाउँपालिका–३ मा सुकलाल चौधरी, गढवा गाउँपालिका–७मा राहुलदेव चौधरी र बबई गाउँपालिका–२ मा टेकबहादुर वलीले अध्यक्षमा विजयी भएका छन्।

नेकपा माओवादीबाट राप्ती गाउँपालिका–९ मा रिमबहादुर सुनारी मगर, शान्तिनगर गाउँपालिका–१ मा जंगबहादुर पुन, राजपुर गाउँपालिका–६ मा श्यामबहादुर रोका, राजपुर गाउँपालिका–७ मा पुष्करलाल वली, बंगलाचुली गाउँपालिका–३ मा शोभाराम विश्वकर्मा, बंगलाचुली–७ मा गिरबहादुर थापा, बंगलाचुली–८ मा झविन्द्र गाहामगर वडाध्यक्षमा विजयी भएका छन्।

प्रकाशित मिति: : 2022-05-15 20:44:00

प्रतिकृया दिनुहोस्