पोखरामा गठबन्धनको अग्रता कायमै

file photo
file photo

पोखरा महानगरपालिका मतगणना जारी छ।

पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले १ सय ५ मतको अग्रता लिएका छन्। पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ को ३ हजार ८ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन्।

आचार्यले १ हजार ५ सय ८५ मत पाउँदा उनको निकटतम प्रतिस्पर्धी कृष्ण थापाले १ हजार ४ सय ८० मत प्राप्त गरेका छन्। राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८ मत प्राप्त गरेका छन्।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार ६ सय ७६ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जु गुरुङले १ हजार ५ सय ३२ मत पाइन्। उनीहरूको मत अन्तर १ सय ४४ छ। पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो।

प्रकाशित मिति: : 2022-05-15 19:15:00

प्रतिकृया दिनुहोस्