एमालेको विरोधपछि भरतपुरमा मतगणना रोकियो

File Photo
File Photo

चितवनको भरतपुर महानगरको मतगणना रोकिएको छ। स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो।

मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेकाे भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ। एमालेको आपत्तिपछि भरतपुरको मतगणना रोकिएको हाे।

एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि एमालेले विरोध जनाएको हो।

प्रकाशित मिति: : 2022-05-15 15:32:00

प्रतिकृया दिनुहोस्