पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायम राखेको छ।
कुल २ हजार ४०० मतगणना भएकोमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ९२३ मत पाएका छन् भने नेकपा (एमाले) का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ८०६ मत पाएका छन्।
त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले १०२८ मत प्राप्त गरेकी छन् भने एमालेका मञ्जुदेवी गुरुङले ९०४ मत प्राप्त गरेकी छन्।