उदयपुरगढीमा गठबन्धन अघिअघि, एमाले पछिपछि

उदयपुरको उदयपुरगढी गाउँपालिकाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु तीन जनाले वडाध्यक्ष जितेका छन्। वडा नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दिलबहादुर रानामगर ६६३ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिद्वन्दी एमालेका उम्मेदवारले ५८० मत ल्याएका छन्। त्यसैगरी वडा नम्बर २ मा एकीकृत समाजवादीबाट विद्रोही उठेका वडाध्यक्ष उम्मेदवार इन्द्रबहादुर राउतले ३९२ मत ल्याएर एमालेका उम्मेदवारलाई २६५ मतमा रोकेका छन्।

त्यस्तै वडा नम्ब ३ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका मनोज कार्कीले ५४९ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्दी एमालेका उम्मेदवारले ४९१ मत ल्याएका छन्।

पालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगरले १७५६ मत पाएका छन। एमालेका गोपाल खत्रीले ११०८ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जीतबहादुर खड्काले १२६६ मत र एमालेकी शोभा मगरले १२२७ मत प्राप्त गरेकी हुन्।

प्रकाशित मिति: : 2022-05-15 09:52:00

प्रतिकृया दिनुहोस्