रूकुमको भूमे गाउँपालिका ९ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ।
वडा नं–९ मा माओवादीबाट बिनोद बुढाले जम्मा ११९२ मत खस्दा ७१६ मत ल्याएर विजयी भएका हुन्।
उनीसँगै माओवादी केन्द्रबाट वडा सदस्यमा उठेका उम्मेदवार नै विजयी भएको हो।
त्यस्तै कांगे्रसका उम्मेदवार समीर पुनले ३१२, एमालेका उम्मेदवार नन्द कुमार घर्तीले ५१ मत ल्याएका छन् भने माओवादी केन्द्रका गापा अध्यक्ष उम्मेदवार होम प्रकाश श्रेष्ठले ७२६ मत पाएका छन।
त्यसैगरी उपाध्यक्ष उम्मेदवार सबिना बुढाले ७०६, राष्ट्रिय जनमोर्चाका गापा उम्मेदवारले २६ मत र मङगल नेशनल अर्गनाइजेसनका गापा अध्यक्ष उम्मेदवार रतन बहादुर बुढाले १८ मत ल्याएका छन्।
त्यसैगरी नेकपा एमालेका गापा उपाध्यक्ष उम्मेदवार कमानसिङ डागीले भने १०७ मत ल्याएका छन्।