काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै गएका छन्।
बिहान ९ बजेसम्मको मतपरिणाम अनुसार बालेन शाहले २०७१ मत प्राप्त गरेका छन्। त्यस्तै, गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याएका छन्।
त्यस्तै, एमालेबाट उम्मेदवार बनेका केशव स्थापितले ११६४ मत प्राप्त गरेका छन्। काठमाडौंको मतगणना जारी रहँदा धेरैको ध्यान स्वतन्त्र उम्मेदवार बालेन शाहतर्फ केन्द्रित भएको छ।