जुम्लाका ८ स्थानीय तहमा ६० वडा रहेका छन्। अहिलेसम्म भएको मतगणना अनुसार जुम्लामा नेपाली कांग्रेसले ४ वडामा जित हासिल गरेको छ।
यस्तै नेकपा एमालेका उम्मेदवार ३ वडामा विजयी भएका छन्। तातोपानी गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट कर्णबहादुर कठायत विजयी भएका छन्।
उनी ३४२ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन्। वडाध्यक्षका प्रत्याशी माओवादी केन्द्रका लोकबहादुर कठायतले २३९ मत गरेका थिए।
यस्तै हिमा गाउँपालिका-१ मा वडाध्यक्षका उम्मेदवार कांग्रेसका रतनबहादुर शाही विजयी भएका छन्। सिंजा गाउँपालिका-१ मा कांग्रेसका हरिनन्द आचार्य विजयी भएका छन्।
चन्दननाथ नगरपालिका-१ मा कांग्रेसका तिलकप्रसाद न्यौपाने ३०४ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत ज्वाहरप्रसाद सिंहले बताए। वडाध्यक्षका प्रत्याशी माओवादीका राजबहादुर भक्तले २४५ मत प्राप्त गरेका छन्।
तिला गाउँपालिका-१ मा माओवादीका जगतबहादुर बस्नेतको प्यानल विजयी भएको छ। उनले ३४६ मत प्राप्त गरेका छन्। कनकासुन्दरी गाउँपालिका-१ मा माओवादीका भीम भण्डारी ३४६ मत प्राप्त गर्दै विजयी भएका छन्।
त्यस्तै पातारासी गाउँपालिका-१ मा वडाध्यक्षका उम्मेदवार माओवादीका लालसिंह ऐडी विजयी भएका छन्।