रुकुमपूर्वकाे पुथाउत्तरगंगा–१ मा माओवादीको प्यानल नै विजय

रुकुमपूर्वकाे पुथाउत्तरगंगा गाउँपालिका–१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ।

माओवादी केन्द्रको वडाध्यक्षका उम्मेदवार विरमान कामी ४ सय मतसहित विजय भएका छन्। उनले कांग्रेस–एमालेका साझा उम्मेदवार छायाबहादुर पुनलाई पराजित गरे।

पूर्वप्रधानपञ्च पुनको पक्षमा ३ सय २६ मत खसेको छ। वडा सदस्यमा माओवादी केन्द्रकै उम्मेदवार विक्रम पुन मगर, धन पुन मगर, मल्टी पुन मगर र लक्षिण नेपाली विजयी बनेका हुन्।

जिल्लाका ३१ वंडा मध्ये उक्त वडा अन्तिम मत परिणाम सार्वजनिक हुने पहिलो वडा बनेको छ। 

प्रकाशित मिति: : 2022-05-14 17:41:00

प्रतिकृया दिनुहोस्