मकवानपुरमा मतगणना सुरु

file photo
file photo

स्थानीय निर्वाचन, २०७९ अन्तर्गत मकवानपुर जिल्लामा सम्पन्न निर्वाचनको मतगणना कार्य सुरु भएको छ।

जिल्ला निर्वाचन कार्यालय मकवानपुरको अनुसार स्थानीय तह निर्वाचनको १० वटै पालिकाको मतगणना सुरु भएको हो।

जिल्लाको १० वटै तहमा शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचनमा मकवानपुरमा ७१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ।

हिजो सम्पन्न निर्वाचनको मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा गए राति नै सुरक्षासाथ आइपुगेको थियो। 

    

प्रकाशित मिति: : 2022-05-14 16:13:00

प्रतिकृया दिनुहोस्