दाङमा खुकुरी प्रहार गरेको आरोपमा उपमेयरका स्वतन्त्र उम्मेदवार पक्राउ परेका छन्।
झडपमा खुकुरी प्रहार गरेको भन्दै तुलसीपुर उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार शुसिल गन्दर्भ पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालका अनुसार तुलसीपुर-४ स्थित उम्मेदवार गन्दर्भकै घर नजिकै गएराति पौने ११ बजे दुईपक्षबीच झडप भएको थियो।
खुकुरी प्रहारबाट तुलसीपुर ४ का २८ बर्षिय कुल बहादुर वली, ३० बर्षिय चन्द्र बहादुर वली, २८ बर्षिय रमेश खड्का र २२ बर्षिय प्रेम प्रकाश खड्का घाइते भएका छन्।
जसमध्ये कुल बहादुर, चन्द्र बहादुर र प्रेम प्रकाश खड्कालाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।
२८ वर्षिय रमेश खड्कालाई राप्ती प्रादेशिक अस्ताल तुलसीपुरमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको डिएसपी अर्यालले बताए।