भारतले रोक्यो नेपालमा गहुँ निर्यात, नौ महिनामा नेपाल भित्रिएको थियो ६ खर्बको गहुँ

File photo
File photo

भारतले गहुँ निर्यातमा अस्थायी रोक लगाएको छ। भारतको यो निर्णयसँगै अब नेपालमा भारतबाट गहुँ आउने छैन। 

रुस–युक्रेन युद्धका कारण भारतमा गहुँ लगायतका खाद्य वस्तुको मूल्यवृद्धि भएपछि भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गहुँ निर्यातमा अस्थायी रोक लगाएको जनाएको हो। 

भारतको यो निर्णयले नेपाल लगायत थुप्रै देशलाई असर गर्ने जनाइएको छ । भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक राष्ट्र हो। 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो नौ महिनामा भारतबाट नेपालमा ५ अर्ब ९७ करोड २२ लाख २५ हजार रुपैयाँको गहुँ भित्रिएको थियो। 

उक्त मूल्यमा भारतबाट नेपालमा १८ करोड ९ लाख २० हजार ५६४ केजी गहुँ आएको थियो। 

अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा नेपालले कूल ११ अर्ब ९७ करोड ६८ लाख ७६ हजार रुपैयाँको गहुँ भारतबाट आयात गरेको थियो। सो मूल्यमा ३८ करोड ८२ लाख ७८ हजार ८७७ केजी गहुँ नेपाल भित्रिएको थियो। 

नेपालमा भित्रने सबै गहुँ भारतबाट मात्रै आउने गरेको थियो। भारतले रोक लगाएपछि अब नेपालमा पनि गहुँको अभाव हुने देखिएको छ।


 

प्रकाशित मिति: : 2022-05-14 12:33:00

प्रतिकृया दिनुहोस्