कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीकाे नागरिक उन्मुक्ती पार्टीले सुरुवाती अग्रता लिएको छ।
पहिलो एक सय मतको गणना सकिंदा रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा मेयर पदका उम्मेदवारले ३४ मतसहित अग्रता लिएको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिए।
उनकाअनुसार नागरिक उन्मुक्ती पार्टीलाई नेकपा एमालेले पछ्याइरहेको छ।
एमालेका उम्मेदवारले १८ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनका उम्मेदवारले १६ मत पाएका छन्।