विराटनगरको मतगणना भाेलि

विराटनगरको मतगणना भाेलि (शनिबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ। शुक्रबार राति बसेको सर्वदलीय बैठकले शनिबार बिहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो।

यहाँ कुल ६७.३५ प्रतिशत मत खसेको छ। विराटनगरको ९७ पदका लागि भएको निर्वाचनमा कुल ८९ हजार ६ सय ७८ जनाले मतदान गरेका हुन्।

विराटनगरमा कुल १ लाख ३३ हजार १४२ जना मतदाता छन्।

प्रकाशित मिति: : 2022-05-13 23:59:00

प्रतिकृया दिनुहोस्