भारतमा कोरोनाका चार करोड ३१ लाखभन्दा बढी सङ्क्रमित

File photo
File photo

भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ८४१ व्यक्ति कोरोनाका थप सङ्क्रमित थपिएका छन्।

यस सगै भारतमा कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख सोह्र हजार २५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ। 

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको थियो। यद्यपी गत मङ्गलबारबाट केही मात्रामा कमी देखिएको छ। 

चौविस घण्टाको समयावधि भएका यी नयाँ सङ्क्रमितमध्ये ३६ प्रतिशत  दिल्लीका रहेका छन्। यसका साथै २४ घण्टाको समयमा कोरोनाका कारण थप ९ को मृत्यु भएको छ। यससगै मृत्यु हुनेमा  पाँच लाख २४ हजार १९० पुगेको छ। 

भारतमाअझै पनि सक्रिय सङ्क्रमित १८ हजार ६०४ रहेका मन्त्रालयले बताएको छ। 

प्रकाशित मिति: : 2022-05-13 15:06:00

प्रतिकृया दिनुहोस्