काभ्रेकाे पाँचखालमा मतदानस्थल तोडफोड, च्यातियाे मतपत्र (भिडियोसहित)

काभ्रेपलाञ्चोकको पाँचखालमा मतदानस्थल तोडफोड भएको छ।

पाँचखाल नगरपालिका-१३ मा मतपत्रको विषयमा विवाद हुँदा मतदानस्थल तोडफोड भएको हो।

मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिन खोजेपछि विवाद हुँदा मतदानस्थल तोडफोड भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ। 

प्रहरीका अनुसार मतदानस्थलका कुर्सी, बुथलगायत तोडफोड भएको छ भने मतपत्र च्यातिएकाे छ।

प्रकाशित मिति: : 2022-05-13 14:17:00

प्रतिकृया दिनुहोस्