रामेछापको दोरम्वा शैलुङ गाउँपालिकामा झडप भएको छ। गाउँपालिकाकमो वडा नं ३ को टोकरपुरस्थित कन्ठेश्वर मावि मतदान केन्द्रमा झडप भएको हो।
झडप भए पनि कोही कसैको हातहती नभएको र स्थिति तनावग्रस्त रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
मतदान केन्द्र बाहिर झडप भएपछि केन्द्रको अवस्था नियन्त्रण बाहिर भएका कारण तत्कालका लागि मतदान प्रक्रिया रोकिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।