बाराको देवताल गाउँपालिकामा पुन: मतदान सुरु भएकाे छ।
शुक्रबार बिहान ७ बजेबाट सुरु भएकाे मतदानमा करिब २५ जनाले सहभागिता जनाएपछि त्यहाँ निकै हल्ला भयो। १०-१५ जना हात हालाहाल भएपछि राेकिएकाे मतदान फेरि सुरु भएकाे हाे।
नेपाली कांग्रेसका र लोसपाका कार्यकर्ताबीचकाे झडपका कारण मतदान राेकिएकाे थियाे। झडपलाई सुरक्षाकर्मीले बेलैमा नियन्त्रणमा लिन सफल भएकाे थियाे।
देवतला गाउँपालिकाका मतदान अधिकृत सुदर्शन ढकालका अनुसार करिब २ घण्टा बसेकाे सर्वदलीय बैठकले पुन: मतदान गर्ने सहमति भएपछि मतदानको प्रक्रिया सुरु गरिएकाे हाे।
झडपमा घाइते भएहरुको सदरमुकाम कलैयास्थित कलैया असपतालमा उपचार भइरहेकाे छ। इन्दिप कोइराला