प्रतिनिधिसभामा पर्वतबाट प्रतिनिधित्व गर्ने सांसदद्वय पदम गिरी र लालकाजी गुरुङले एउटै केन्द्रबाट मतदान गरेका छन्।
देशभर आज स्थानीय तहका प्रतिनिधि छनौटका लागि भइरहेको निर्वाचनमा पर्वतको कुश्मा नगरपालिका वडा–३ दुर्लुङको काफलचौर मावि केन्द्रबाट उनीहरूले मतदान गरेका हुन्।
प्रतिनिधि सभाको एक क्षेत्र रहेको पर्वतमा गिरी एमालेबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने गुरुङ कांग्रेसको समानुपातिक सांसद हुन्।
पर्वतमा दुई नगरपालिका र पाँच गाउँपालिकाका ६१ वडामा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ।