नारा गाउँगाउँमा सिंहदरबार, यथार्थमा बुँख्याचाको हँकाइ, कृष्णभक्त चाहन्छन् : अब तिनीहरु जस्तै नआउन्

पहिलोपोष्ट

सहयोग रञ्जित

पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनमा एउटा नारा निकै चर्चित थियो - ‘गाउँगाउँमा सिंहदरबार’। काठमाडौंमा रहेको राणाकालीन सिंहदरबारबाट शासित वर्गलाई स्थानीय तहमै सरकारको अनुभूति दिने बाचा थियो त्यतिखेर। अनि देशभर ७ सय ५३ स्थानीय तहमा पहिलोपटक बन्यो सरकार।

सरकार त बन्यो, कहिँकतै भवनकै रुपमा 'सिंहदरबार' पनि ठडिए। तर गाउँका मानिसलाई काठमाडौंको सिंहदरबार जति टाढा थियो, ती विशाल कायाका भवनहरु धेरै परको बन्न पुग्यो।

जनप्रतिनिधिबाट जनताले राख्ने आशा एउटा थियो – स्थानीय समस्याको समाधान। तर, धेरै जनप्रतिनिधि बुँख्या:चा (खेतबारीमा चरा तर्साउन राखिने मानवजस्तो आकृति) बाहेक बन्न सकेनन्।

स्थानीयको भन्दा पार्टीको निर्देशन ठूलो बन्यो उनीहरुका लागि। स्थानीयलाई अवसरभन्दा आफ्नै आसेपासेलाई मौका दिन उनीहरु तल्लिन रहे। धेरै स्थानीय तहले यिनैखाले बेतिथिमा बिताए आफ्नो ५ वर्षे कार्यकाल। हो, स्थानीय तहको राजनीतिमा देखिएका परिदृश्यलाई खोकनाका कृष्णभक्त डंगोलले चित्रमा उतारेका छन्। उनले जनप्रतिनिधिलाई ‘बुँख्याचा’ बनाए र त्यसमा कला भरे।

प्रकाशित मिति: : 2022-05-12 14:21:00

प्रतिकृया दिनुहोस्