उदयपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु 

जंगलमा घाँस काटेर आउने क्रममा बाटोमा ११ हजार भोल्टको करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।

उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा करेन्ट लागेर एक महिलाको घटनास्थलमै जलेर ज्यान गएको हो। 

घाँस काटेर आउँदै गर्दा कटारी नगरपालिका–८ टोड्केपानी चौधकिलो खरबारीमा ६९ वर्षिय गंगामाया खत्रीको करेन्ट लागि जलेर ज्यान गएको हो।

घाँस बोकेर आउँदै गर्दा बाटोमा रहेको फलामको पोेलमा छुन पुग्दा ११ हजार भोल्टको करेन्ट लागेर महिलाको कम्मरमुनी र टाउको जलेर खरानी भएको हो।

उकालो बाटोमा हिंड्ने क्रममा बाटोको नजिकै रहेको पोलमा करेन्ट लागेको हो। 

हावा हुरीले तार झरेर पोलमा करेन्ट लागेको हुन सक्ने पुर्व वडाध्यक्ष कमलश्रेष्ठले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मानबहादुर राईले अनुसन्धान सुरु गरेको जानकारी दिए।

पूर्ववडाध्यक्ष श्रेष्ठका अनुसार स्थानीयले विद्युत प्राधिकरणको प्रमुख आएर प्रतिबद्धता जनाएपछि मात्रै शव उठाउने भन्दै शब उठाएका छैनन्।

नेपाल विद्युत प्राधिकरण कटारी शाखाका प्रमुख सन्तोष कार्कीले मृतकका परिवारलाई ५ लाख क्षतिपूर्ति दिने व्यवस्था रहेको जानकारी दिए। कार्कीले माटोमा बाँधेको तारमा हावाले झारेको तारले छुएको हुन सक्ने अनुमान गरेको छ। 
 

प्रकाशित मिति: : 2022-05-11 22:04:00

प्रतिकृया दिनुहोस्