आज ६७ हजारले छाडे काठमाडौं उपत्यका

file photo
file photo

स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालयको रेकर्ड अनुसार बुधबार साँझ ७ बजेसम्म ६७ हजारले उपत्यका छोडेका छन्।

बुधबार साँझसम्म ५ हजार ६ सय सवारी साधनमा ६७ हजार यात्रु बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ। सोही अवधिमा २ हजार ३ सय सवारी साधनमार्फत २१ हजार ५ सय जना उपत्यका भित्रिएका छन्।

निर्वाचनमा भोट हाल्नका लागि उम्मेदवारले थानकोट र कोटेश्वरबाट बस रिजर्भ गरेर आफ्ना क्षेत्रका स्थानीयतर्फ गइरहेका छन्।

प्रकाशित मिति: : 2022-05-11 21:11:00

प्रतिकृया दिनुहोस्