नौ महिनामा २५ खर्ब ६८ अर्बकाे अन्तर–बैंक कारोबार

file photo
file photo

 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो नौ महिना २५ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँको अन्तर–बैंैक कारोबार भएको जनाएको छ। 

२०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिको सो कारोबार भएको हो। 

उक्त अवधिमा वाणिज्य बैंकहरुको २२ खर्ब ९९ अर्ब २२ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को २ खर्ब ६९ अर्ब ६८ करोड रुपैयाँ अन्तर–बैंक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ। 

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ८ खर्ब ७५ अर्ब ५० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको १ खर्ब ५९ अर्ब ४२ करोड रुपैयाँ गरी कुल १० खर्ब ३४ अर्ब ९२ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको थियो।


 

 

प्रकाशित मिति: : 2022-05-11 17:49:00

प्रतिकृया दिनुहोस्