चुनावी रिपोर्टिङमा १३ जिल्ला घुमेर काठमाडौं फर्केपछि‍‍

लोकान्तर

सुशील पन्त

स्थानीय तह निर्वाचनको सन्दर्भमा मतदाताको कुरा सुन्न लोकान्तर डट्कमका सम्पादक विमल गौतम र म उम्मेदवारी मनोनयनअगावै काठमाडौंबाहिर निस्केका थियौं ।

रिपोर्टिङका क्रममा कर्णाली प्रदेशको दैलेखदेखि नेपालगञ्ज, बुटवलदेखि गुल्मीको तम्घास, पोखरादेखि गोरखा र चितवनको भरतपुर हुँदै मध्य तराईका जिल्लाका मतदाताको कुरा सुन्ने अवसर मिल्यो । 

सुर्खेत र दैलेखमा पुगेर कर्णालीका मतदाताको मनोविज्ञान बुझ्ने कामबाट हाम्रो रिर्पोटिङ शुरू भएको थियो ।

वैशाख १२ मा उम्मेदवारी मनोनयनपछि दुई–दुई जनाको चारवटा टीम र प्रदेशका संवाददाताहरूसहित लोकान्तर डट्कममा मेचीदेखि महाकालीसम्मका अधिकांश जिल्लाको रिपोर्टिङ गरियो ।

काठमाडौंकेन्द्रित समाचार र ब्लगहरूभन्दा जिल्ला–जिल्लामा पुगेर वस्तुस्थिति खोतल्ने प्रयास हामीले गर्‍यौं । 

एक दर्जनभन्दा बढी जिल्लाका दर्जनौं उम्मेदवार र सयौं मतदातासँग कुराकानी भयो ।

प्रकाशित मिति: : 2022-05-11 12:53:00

प्रतिकृया दिनुहोस्