रक्सीले मातिएका राप्रपा उम्मेदवारको टाउको फुटाइयो

कीर्तिपुर नगरपालिका वडा–३ का अध्यक्ष पदका उम्मेदवार राम महर्जनलाई अज्ञात व्यक्तिले आक्रमण गरेको छ। 

उनीमाथि गएराति २ बजेको समयमा आक्रमण भएको कीर्तिपुर प्रहरीका डीसपी पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन्।

उम्मेदवार महर्जनले मभ्यरातमा आफूमाथि अज्ञात व्यक्तिहरुले आक्रमण गरेको भन्दै प्रहरीलाई खबर गरेका थिए। उनको कुरा सुनेर  लगत्तै कीर्तिपुरबाट खटिएको प्रहरी टोली त्यहाँ पुगेका थिए।

त्यसबेला महर्जनले मदिरा सेवन गरेकाले आफू भोलि बिहान निवेदन दिन आउँछु भनेको प्रहरीको भनाइ छ। तर घाइते प्रहरीसमक्ष निवेदन दिन नआएपछि प्रहरीले आक्रमणमा संलग्न व्यक्तिहरुको खोजी कार्य नगरेको डीसपी पाण्डेले बताए।

घाइतेको टाउकोमा सामान्य चोट लागेको र उपचारपछि घरमै आराम गरिरहेको कीर्तिपुर प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-05-10 19:37:00

प्रतिकृया दिनुहोस्