केराखेतीका नाममा एमाले नेत्री कार्कीले लाखाैँ रकम हिनामिना गरेका खुलासा

नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेत्री तथा शिवसताक्षी नगर उपप्रमुखको प्रत्यशी उम्मेदवार नरमाया कार्कीले केराखेती गर्ने नाममा नगरपालिकाकाे लाखौं रुपैयाँ हिनामिना गरेको खुलासा भएको छ।

उनले शिवसताक्षी–७ मा रहेकाे कार्की फर्म र कृषि समूह, सहकारी, फर्मका नाममा तारकारी खेती कार्यक्रममार्फत अधिक रकम निकासा गरी हिनामिना गरेको पाइएकाे हाे।

उनले नगरपालिकाकाे कृषि विकास शाखाबाटा आर्थिक वर्ष ०७४/०७५ र ०७५/०७६ को बजेटमार्फत अनुदानमा प्राप्त गरेको लाखौँ रूपैयाँ हिनामिना गरेकी हुन्।

उनका श्रीमान कमल कार्की शिवसताक्षी कृषि समितिको सदस्य भएको हुँदा श्रीमानसँगको सहकार्यमा कृषि उपकराण, टनेललगायत कृषिजन्य सामाग्री दोस्रो अन्य व्यक्तिकाे नाममा निकालेर आफैँले झ्वाम पार्ने गरेकाे खुलेकाे छ।

शिवसताक्षी– ५ स्थित सालमारामा स्थानयी टंक पौडेलको ३ बिघा जग्गा लिजमा लिएर केराखेतीकाे लागि साे रकम भुक्तानी लिएका थिए। तर, त्यस ठाउँमा न केरा रोपिएको छ न त अन्य केही। अहिले उक्त जग्गा बाँझाे बगरका रूपमा परिणत भएकाे छ। केराखेती गर्छु भनेर निकासा गरेकाे रकम अन्यत्र नै खर्च गरिेएको स्थानीयकाे आराेप छ।

सोर्सफोर्स लगाएर अनुदानका नाममा  प्राप्त रकम झ्वाम पारेपछि उनको नैतिकता कहाँसम्मको रहेछ सोच्नुपर्ने हुन्छ,’ एक स्थानीयले बिएल नेपाली सेवासँग भने, ‘यदी उक्त अनुदान बास्तविक किसानलाई दिएको भए अहिले प्रतिफल राम्रै हुने थियाे हाेला।’

ती स्थानीयकाअनुसार उनले जमिनको लिजप्रति बिघा ४० मान धानको मूल्य बराबारमा लिएका थिए। उनले साेही स्थानमा केरा राेपेकाे तर प्राकृतिक कारणाले मासिएकाे बताउँदै आएका छन्।

प्रकाशित मिति: : 2022-05-10 12:52:00

प्रतिकृया दिनुहोस्