लोकतान्त्रिक निर्वाचनको इतिहास र नेपाल

नेपालको निर्वाचन प्रणालीमा संसदीय व्यवस्थाको जननी मानिने बेलायत र कुनै वेला बेलायतकै उपनिवेश रहेको भारतको बढी प्रभाव रहेको छ

नयाँ पत्रिका दैनिक

प्रेमराज सिलवाल

लोकतन्त्रमा निर्वाचन अनिवार्य विषय हो । आवधिक, स्वतन्त्र, स्वच्छ र जनताको सार्थक सहभागितापूर्ण निर्वाचनले जनताको लोकतान्त्रिक–गणतान्त्रिक शासनप्रतिको आस्था बढ्छ ।

यस्तो निर्वाचनले त्यस्तो शासन व्यवस्थालाई बलियो बनाउने काम गर्छ । विश्व इतिहासमा प्राचीन प्रजातन्त्र इसापूर्व ५०० वर्षअघिदेखि सुरु भएको मानिन्छ । त्यस प्रकारको प्रजातान्त्रिक प्रथाको सुरुवात ग्रिक सहर एथेन्स सिटी स्टेटबाट भएको थियो । सो अवधिमा सीधा प्रजातन्त्र (डाइरेक्ट डेमोक्रेसी) को अभ्यास रहेको पाइन्छ । जसमा जनताले आफ्ना प्रतिनिधि सीधै चयन गर्थे ।

तिनै प्रतिनिधिमार्फत सरकार, व्यवस्थापिका, न्यायपालिकाको समेत कार्यसम्पादन गराइन्थ्यो । त्यस अवधिमा महिला, दासदासी, विदेशी आदिलाई भने चुन्ने र चुनिने अधिकार थिएन । ग्रिक दार्शनिक प्लेटो गरिब, अशिक्षित र राजनीतिक चेतना नभएकालाई शासनको अधिकार नहुने मान्यता राख्थे ।

यथेन्समा १८ वर्ष पूरा भएको पुरुषले त्यस्तो निर्वाचनमा भाग लिन पाउने व्यवस्था थियो । इ.पू. ४०० मा एथेन्स राज्यको एटिकामा दुई लाख ५० हजारदेखि तीन लाख जनता थिए, जसमध्ये १८ वर्ष पुगेका पुरुषको जनसंख्या एक लाख हाराहारी थियो । जहाँ नागरिकले सैनिक तालिम लिएको हुनुपर्ने व्यवस्था थियो । जसलाई ‘इपिवेस’ भनिन्थ्यो । राज्यको कर तथा ऋण नतिर्नेलाई भोटको अधिकार थिएन । हात उठाएर प्रतिनिधि चुन्ने यस्ता व्यवस्थालाई ‘किरोटोनिया’ भनिन्थ्यो ।

प्रकाशित मिति: : 2022-05-10 11:52:00

प्रतिकृया दिनुहोस्