बाँकेको राप्तीसोनारी गाउँपालिका–८ गल्लि कुटानमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका ५ का २९ वर्षिय मान बहादुर बिश्वकर्मा र सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षिय किशोर बसौली रहेका छन्।
दुर्घटनामा गम्भिर घाइते भएका दुबै जनाको उपचारको क्रममा नेपालगञ्ज स्थित मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १० प २७८४ नम्बरको मोटरसाइकल आज बिहान पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ।