पानीले आउटफिल्ड भिजेपछि पछाडि धकेलियाे नेपाल र जिम्बावे ‘ए’,बीचकाे खेल

नेपाल भ्रमणमा रहेको  जिम्बावे ‘ए’ र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसीय खेल आज हुँदैछ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल साढे ९ बजे हुने तालिका रहेको छ। तर, राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस केही समय पर धकेलिने क्यानले जनाएको छ।

नेपाल र जिम्बावे ए बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ।

पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो।

अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ।

प्रकाशित मिति: : 2022-05-09 09:38:00

प्रतिकृया दिनुहोस्