औलोको भार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं भन्ने नारासहित विश्व औलो दिवस २५ अप्रिल २०२२ मनाइएको छ । जुन विश्व स्वास्थ्य संगठनले २००८ देखि मनाउने घोषणा गरेको हो ।
सन् २०२२ सम्म स्थानीय औलोलाई शून्यमा पु¥याएर सन् २०२५ सम्ममा औलो नियन्त्रण गर्ने लक्ष्य लिएको छ । तर, अहिले पनि यही रोगलाई स्वास्थ्यकर्मीको पहुँच नहुनाले दुर्गम ठाउँमा समेत अज्ञात रोगकै रूपमा लिने गरिएको छ ।
नेपालगन्जबाट एकडेढ घण्टाको दूरीमा रहेको राप्ती नदी पारिका १० गाविसमध्ये बढी प्रभावित क्षेत्र फत्तेपुर, गंगापुर, नरैनापुर र होलियालाई विकट क्षेत्र भनी चिकित्सक र स्वास्थ्यकर्मी नपुगेकाले औलो अज्ञात रोगकै रूपमा रही सयौंलाई सिकिस्त बनायो । पुगनपुग ४ दर्जनलाई यमराजको मुखमा पु-यायो केही वर्ष पहिले ।
रोग र कारण : पोथी एनोफिल्स लामखुट्टेको टोकाइबाट एक मान्छेबाट अर्को मान्छेमा सर्ने (प्रोटोजोअन) सरुवा रोग नै औलो हो । औलोलाई अंग्रेजीमा मलेरिया अर्थात् खराब हावा भन्ने गरिन्छ । मानिसलाई संक्रमण गरी औलो लगाउने एक कोषीय परजीवीमा प्लाज्मोडियमका चार स्पेसीज पी. फाल्सिपेरम, पी. भाइभेकस, पी. ओभेली र पी. मलेरी पर्दछन् जसमा पी. भाइभेकस सबैभन्दा बढी (९०५ लाई) हुने संक्रामक हो भने पी. फाल्सिपेरमले सबैभन्दा कडा प्रकृतिको घातक औलो रोग मानिन्छ ।