स्थानीय तह निर्वाचनका लागि जुम्लाका ६ जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । स्याउसुपोर जोन कार्यालयकी प्रमुख गंगा कुमारी पोखरेललाई जिल्ला हुलाक कम्पाण्डको मतदान मतदान केन्द्रमा अधिकृतको जिम्मेवारी दिइएको छ ।
चन्दननाथ नगरपालिकामा कार्यरत चण्डिका चौलागाईं चन्दननाथ नगरपालिका ४ मा भारतीस्थित अशोक अधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा अधिकृत तोकिएको छ । पातारासी गाउँपालिकामा कार्यरत बिमा रोकायालाई भैरव मावि धुपिढुस्कामा रहेको मतदान केन्द्रमा खटाइएको छ ।
तिला गाउँँपालिकामा कार्यरत जानकी हितानलाई श्री शम्भुनाथ ज्ञानकुञ्ज अधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा अधिकृत तोकिएको छ ।
जुम्ला जिल्ला अदालतमा कार्यरत बेतुना राईलाई संशर आधारभूत विद्यालय लोर्पामा रहेको मतदान केन्द्रमा पठाउँदा तिला गाउँपालिमा कार्यरत झनमाया खत्रीलाई भैरवमावि नराकोटको मतदान केन्द्रमा अधिकृत तोकिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यलयले प्रकाशन गरेको निर्वाचनमा खटिने कर्मचारीको सूचीअनुसार जुम्लामा यसपटकको मतदानका लागि १४ प्रतिशत मात्र महिला परिचालन भएको सहायक निर्वाचन अधिकृत तोयनाथ उपाध्यायले बताए ।
जुम्लामा दुई सय चार जना मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित कर्मचारी खटिएका छन्। मुख्य निर्वाचन कार्यालयका अनुसार जिल्लाका १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ४९६ कर्मचारी खटिएका छन्।
मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार जिल्लाका ७९ मतदान स्थलका १०२ मतदान केन्द्रमा खटिने कर्मचारीसमेत छनोट गरिएको छ।
उनका अनुसार पाँच सयभन्दा माथि मतदाता भएका मतदान केन्द्रमा पाँच जना र पाँच सयभन्दा मुनी मतदाता भएका केन्द्रमा चार जना कर्मचारी खटाएको छ।
जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार जिल्लामा ८८ मतदान केन्द्र पाँचसय भन्दा बढी मतदाता र १४ वटा कम मतदाता छन्। सोही मापदण्डअनुसार जिल्लामा कर्मचारी परिचालन हुने भएका छन्।
प्रत्येक केन्द्रमा कर्मचारीसहित तीनजना स्वयंसेवक खटिने भएका छन्। त्यसको जिम्मेवारी मतदान अधिकृतकै हुनेछ। कार्यालय प्रमख शर्माले मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सञ्चालन गरिसकेको बताए।