संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

File photo
File photo

सरकारले संघीय संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

मन्त्रिपरिषद् बैठकले संघीय संसदको बैठक आउँदो ३ वा ४ जेठमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो। 

१५ जेठमा आर्थिक वर्ष २०७९-०८० को वार्षिक आयव्यय (बजेट) ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेको सरकारले संसदको अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो। 

प्रकाशित मिति: : 2022-05-08 16:05:00

प्रतिकृया दिनुहोस्