प्रचण्डलाई जुत्ता हान्छु भन्दै फेसबुकमा लेख्ने पत्रकार प्रहरी फन्दामा 

प्रचण्डलाई जुत्ता हान्छु भन्ने एक पूर्व माओवादीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सन्जालमा लेख्ने दाङ  तुलसीपुर उपमहानगरपालिका ३ बस्ने ५२ वर्षीय यज्ञ बहादुर बुढालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

पूर्वमाओवादी वडा सदस्य समेत रहेका बुढाले शनिबार सामाजिक सन्जालमा प्रचण्ड दाङमा आउँदा जुत्ता हान्ने प्रतिक्रिया जनाएका थिए। 

राप्ती पहिचान डटकमका संचालक समेत रहेका बुढालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको दाङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-05-08 13:56:00

प्रतिकृया दिनुहोस्