महिला उमेदवारलाई चुनावी खर्च जुटाउनै गाह्रो !

पुरुष उमेदवारले दिनको ३ देखि ४ लाखसम्म खर्च गरिरहेको आरोप, भन्छन्– इमानको राजनीति गर्नेहरू टिक्नै नसक्ने अवस्था आयो

बाह्रखरी

कमलेश ठाकुर

विभा ठाकुर र अनिता साह आसन्न स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदको उमेदवार बनेका छन् । महिला नेतृत्वको आवश्यकता औँल्याउँदै जनकपुरमा पहिलोपटक प्रमुख पदमा यी दुईसहित चार महिलाले उमेदवारी दिएका छन् ।

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट ठाकुर र जनमत पार्टीबाट साह मेयर पदमा चुनाव लड्ने जिम्मेवारी पाएपछि अहिले प्रचार–प्रसारमा व्यस्त छन् । तर, एक दर्जनभन्दा बढी पुरुष उमेदवारसँग लड्ने आँट गरेका दुवै जनालाई निर्वाचन खर्चले भने निकै पिरोलेको छ ।

नजिकिँदो चुनावले उत्साहभन्दा बढी तनाव बढाएको ठाकुर बताउँछिन् । यद्यपि, जनताले योगदानको मूल्यांकन गरी मतदान गर्नेमा उनी ढुक्क छिन् । भ्रष्टाचार अन्त्य गर्न नागरिकले पुँजीपतिविरुद्ध लड्नुपर्ने उनले बताइन् । 

“चुनाव लड्ने अवसर त पाएँ । तर, अरू उमेदवार जति खर्च गर्न सक्दिनँ,” उनले भनिन् “बढ्दो निर्वाचन खर्चले हम्मे–हम्मे परेको छ । यो मेरो वा अरू एकदुई जनाको मात्र कुरा होइन, समग्र महिला उमेदवारको समस्या छ ।”

महँगिदो चुनावी खर्चले महिलालाई अवसरबाट वन्चित गर्ने उनको चिन्ता छ । वर्तमान निर्वाचन प्रणालीले ठेकेदार, व्यापारी र ‘दलाल’हरूलाई अवसर दिएको उनले आरोप लगाइन् । 

प्रकाशित मिति: : 2022-05-08 11:05:00

प्रतिकृया दिनुहोस्