उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत

File Photo
File Photo

उदयपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलका नगरपालिका-४ कटारी बस्ने २३ वर्षीय रविन मगर रहेका छन।

मगरले ती किशोरीलाई सोही नगरपालिका-४ स्थित बाँसको झ्याङमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: : 2022-05-07 17:20:00

प्रतिकृया दिनुहोस्