मुम्बईको दोस्रो जित, शीर्ष स्थानको गुजरात पराजित

Photo by Saikat Das / Sportzpics for IPL
Photo by Saikat Das / Sportzpics for IPL

इतिहासकै खराब लयमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी- २० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले  पराजित गरेको छ।

शुक्रबार राति मुम्बईले दिएको १ सय ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७२ रन बनाउन सक्यो।

गुजरातका लागि रिद्धिमान साहले  सर्वाधिक ५५ रन तथा  सुबमन गिलले ५२ रनको योगदान गरे। मुम्बईका मुरुगान आश्विनले २ विकेट लिए।

त्यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १७७ रनको योगफल  तयार पा-यो।

मुम्बईका लागि इशान किसनले ४५ रन बनाए। यस्तै, टिम डाभिड ४४ र कप्तान रोहित शर्माले ४३ रन बनाए। गुजरातका राशिद खानले २ विकेट लिए। जितसँगै मुम्बई १० खेलबाट ४ अंक जोडेर पुछारमा छ। पराजित गुजरातले ११ खेलमा १६ अंक जोडेर  शीर्ष स्थानमा यथावत छ।

प्रकाशित मिति: : 2022-05-07 06:35:00

प्रतिकृया दिनुहोस्