आलमलाई थुनामुक्त गर्न अस्वीकार

file photo
file photo

सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। 

न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आज उच्च अदालत जनकपुरअन्तर्गत वीरगञ्ज इजलासको आदेशलाई सदर गर्दै आलमलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरेको हो।

विंस २०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको ज्यान मार्ने मुद्दाको अभियोग आलमलाई अदालतमा थुनामै राख्ने आदेश गरेको थियो।

जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्लाको उक्त आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सदर गरेपछि आलम थुनामुक्त गर्न आदेशको माग गर्दै सर्वोच्च अदालत पसगेका थिए।

सर्वोच्च अदालतले पनि उच्च अदालतकै आदेशलाई सदर गरेपछि आलमलाई थुनामै राख्नुपर्ने निर्णय भएको हो।

प्रकाशित मिति: : 2022-05-06 20:12:00

प्रतिकृया दिनुहोस्