युवाको अलमल, कसलाई र किन दिने मत ?

पहिलोपोष्ट

रिना थापा

देशभरका पालिकामा निर्वाचनको रौनक छ। ठुला दलदेखि साना दल यतिबेला मत माग्दै घरदैलो कार्यक्रममा व्यस्त छन्। आसन्न निर्वाचनमा युवा पुस्ताको उत्तिकै उत्साहजनक उपस्थिति देखिएको छ। स्वतन्त्र उमेदवारी दिँदै युवाले राजनितिमा हस्तक्षेप बढाएका छन्। केही पालिकामा साना र ठुला दलले पनि पालिकाको नेतृत्व हाँक्न युवालाई नै अघि सारेका छन्।

आसन्न निर्वाचनमा पालिकाको नेतृत्व हाँक्न युवाहरुको कित्ता कस्सिरहँदा ग्राउन्ड लेभलमा भने अर्को युवाको जमात राजनितिबारे चासोबिहीन छन्।

पहिलोपटक निर्वाचनमा सहभागी हुँदैछन् विमल गैरे। भर्खर उमेर पुगेसँगै निर्वाचनमा सहभागी हुन लागेका विमललाई उत्सुकताभन्दा अलमल बढी छ। आफनो गाउँठाउँको विकासका लागि जनप्रतिनिधी चुन्ने अवसर पाउँदाको आतुरताले भन्दा कसलाई मतदान दिने भन्ने कुराले उनी अलमलमा छन्।

राजनितिबारे चासो नै नराख्ने उनलाई मतदान गर्न पाउने आफनो अधिकारले नै त्यसतर्फ बल्ल ध्यान खिचेको हो। मतदान गर्ने अधिकार सदुपयोग गर्दै जनप्रतिनिधी चुन्न चाहे पनि उनलाई थाहा छैन कस्ता उम्मेदवारलाई मतदान गर्ने।

प्रकाशित मिति: : 2022-05-06 12:53:00

प्रतिकृया दिनुहोस्