८४ वर्ष एउटै कम्पनीमा यी शताब्दी पुरुष !

बिएल संवाददाता

रियो दि जेनेरियो
file photo
file photo

यदि दैनिक कामको पेलाइले तपाईलाई कमजोर बनाइरहेको छ र धेरै लामो समयदेखि एउटै कार्यलयमा एउटै काम गर्दा दिक्क छन् भने १०० वर्षीय वाल्टर ओर्थम्यानलाई हेर्नुहोस, जो एउटै कम्पनीमा ८४ वर्षदेखि छन्। 

गिनिज वल्र्ड रेकर्ड्स लिमिटेडले जनवरीमा ब्राजिलका बिक्री प्रबन्धक ओर्थम्यानले एउटै कम्पनीमा सबैभन्दा लामो करिअर बनाउने व्यक्ति भएको घोषणा गरेको थियो। उनी आठ दशकभन्दा बढी समयदेखि एउटै कपडा कम्पनीमा कार्यरत थिए।

शताब्दी पुरुष ओर्थम्यानले दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा एक वर्षअघि इन्डस्ट्रियास रेनक्स एसएमा ढुवानी सहायकको रूपमामा काम सुरु गरेका थिए। त्यतिबेला उनी जम्मा १५ वर्षका थिए। उनलाई एउटा स्थानमा पदोन्नति गरियो जहाँ उनी आजसम्म छन्।

उनी काम गर्ने कार्यलयको नाम फेरिएर अहिले रेनक्सभ्यू राखिएको छ। 

प्रकाशित मिति: : 2022-05-05 15:34:00

प्रतिकृया दिनुहोस्