भाेट माग्न जाँदा सिर्जना सिंहकाे घरकाे कुकुरले टाेक्याे पुण्य गौतमलाई

सम्पादित फाेटाे।
सम्पादित फाेटाे।

काठमाडौं महानगरपालिकाकाे मेयर पदकी उम्मेदवार सिर्जना सिंहलाई सहयोग गर्न जाँदा एकीकृत समाजवादीका नेता पुण्य गौतमलाई कुकुरले टोकेको छ।

सिंहलाई सहयोगकाे गर्न उनको निवासमा पुगेका गाैतमलाई मिटिङका बसिरहेका बेला घरमा पालेकाे कुकुर टाेकेकाे हाे।

कुकुरको टोकाइबाट खुट्टा र पाखुरा चोट लागेको छ। आफूलाई कुकुरले टोक्दा पनि मेयर उम्मेदवार सिंह र सांसद प्रकाशनमान सिंह हाँसेर बसेको गौतमको गुनासो छ।

सामाजिक अभियन्ताका रुपमा समेत चिनिँदै आएका गौतम नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन्।

प्रकाशित मिति: : 2022-05-05 12:41:00

प्रतिकृया दिनुहोस्