सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

File Photo
File Photo

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बिरपुरमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय युवक रहेका छन्। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको हो। 

घाइते भएका मोटरसाइकल चालक स्थानीय १८ वर्षीय ईन्द्रजित यादबको सोही अस्पतालमा उपचार भइरहेको छ। 

तिलाठीबाट राजबिराजतर्फ जाँदै गरेको को १७ प ८५६५ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आँउँदै गरेको साइकललाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको हो।

प्रकाशित मिति: : 2022-05-05 10:54:00

प्रतिकृया दिनुहोस्