लहानमा गठबन्धन उम्मेदवार चौधरी र एमालेका साहबीच कडा टक्करको संकत

३० वैशाखमा हुन गइरहेको स्थानीय तह २०७९ को निर्वाचनको समय नजिकिँदै गर्दा गाउँगाउँमा विभिन्न आँकलनहरु सुरु भएको छ।

जिल्लाको सवैभन्दा पुरानो र देशकै सवैभन्दा ठूलो नगरपालिका लहानमा यो पटक दुईपक्षीय भिड्न्त हुने देखिएको छ। 

लहान नगरपालिकामा यस निर्वाचनको लागि नेकपा एमालेका तर्फबाट निवर्तमान मेयर समेत रहेका मुनि साहले उम्मेदवारी दिएका छन्। उनको टक्करमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रको तर्फबाट साझा उम्मेद्वार नेपाली कांग्रेस सिरहा निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय सभापति महेश चौधरीले नगर प्रमुखमा उम्मेदवारी दिएका छन्। 

नेकपा (एकीकृत समाजवादी)ले छुट्टै उम्मेदवारी दिएपनि साह र चौधरी नै चुनावी दौडको अग्रपङ्तिमा रहेका छन्।
२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको यो पालिकामा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस थियो।

यस पटकको निर्वाचनमा सत्ता गठवन्धनमा रहेका जसपा र नेकपा माओवादी केन्द्रको समेत समर्थन र नेकपा एमाले विभाजन पछि लहानका नेताहरु नेकपा एसतर्फ नरहेकाले पनि साहको उम्म्दवारी कमजोर हुन गएको स्थानीयहरुले विश्लेषण गरिरहेको छ। 

अर्कोतर्फ सत्ता विरोधी नेपाली मानसिकताले पनि निवर्तमान मेयर साहको उम्मेदवारी कमजोर भएको अनुमान रहेको छ। यसअघि दुईपटक मेयर भईसकेकोले लहानबासीले नयाँ अनुहार खोजिरहेको कतिपयको भनाइ छ।

चौधरी बाहुल्य लहानमा जातीय समीकरणले पनि यो पटक चौधरीलाई साथ दिने अनुमान गरिएको छ। २०७४ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चौधरी समूदायबाट उम्मेद्वारी परेको थिए। यो पटक जातिय हिसावले पनि महेश चौधरीमात्र उम्म्देवार रहेका छन्। यसले जातीय मतले पनि चौधरीलाई फाइदा पुग्ने अनुमान गरिएको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट मुनि साह ११ हजार ३ सय ७ मत सहित विजय भएका थिए। नेपाली काँग्रेसका अचमितलाल चौधरीले ९ हजार १ सय ३८ मत, तत्कालिन संघिय समाजवादी फोरमका बैजनाथ प्रसाद साह तेलीले ५ हजार ७ सय ३७, राष्टिय प्रजातन्त्र पार्टीका लगनलाल चौधरीले ४ हनार ४ सय ६५  मत रनेकपा माओवादी केन्द्रका खड्क नारायण चौधरीले २ हजार ४ सय ९६ मत प्राप्त गरेका थिए। 

लगनलाल चौधरी २०७४ को आम निर्वाचनमा नेकपा एमालेबाट प्रदेश सासंद निर्वाचित भएका छन्।  व्यवसाय, समाजसेवा र राजनीतिमा सक्रिय साह लहानका लागि अब्बल उम्म्दवार भएकोले मुनि साहको मत प्रभावित पार्ने ममता राख्ने लहान घर भएका त्रिविका इतिहास विषयका प्रध्यापक तथा राजनीतिक विश्लेषक विजय मिश्र बताउँछन्।

कोभिड, जाडोमा उनले गरिब विपन्नलाई गरेको सहयोग जस्ता सामाजिक छविले पनि चौधरीलाई सघाउने उनी बताउँछन्। लहान नपामा २९ हजार २ सय २२ पुरुष र २६ हजार ९ सय ७६  महिला गरी ५६ हजार १ सय ९६ मतदाता रहेका छन्।

प्रकाशित मिति: : 2022-05-04 21:15:00

प्रतिकृया दिनुहोस्