२ दिनपछि जापान उड्ने तयारीमा रहेकी स्वस्तिकाले किन गरिन् आत्महत्या

Symbolic photo
Symbolic photo

रुपन्देहीकी एक युवतीले बुधबार रहस्यमय तरिकाले आत्महत्या गरेकी छन्। उनी आउने शुक्रबार जापान जाने तयारीमा रहेकी थिइन्।

कञ्चन गाउँपालिका–३ की २१ वर्षीया स्वस्तिका आचार्यले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

आचार्यले बुधबार बिहान आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन्। उनको आत्महत्या गर्नुको कारण नखुलेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार जापान जाने लागेकी उनी आज काठमाडौं जाने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2022-05-04 13:55:00

प्रतिकृया दिनुहोस्