एघार वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ 

File photo
File photo

११ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राई रहेका छन्। उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2022-05-04 12:15:00

प्रतिकृया दिनुहोस्