छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताअन्तर्गत दोस्रो दिनबाट महिलातर्फको खेल सुरु भएको छ।
सोमबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित हात पार्दा एपीएफ क्लब भने पराजित भएको छ।
दिनको पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो।आर्मीले एभरेस्टमाथि २-१९, २५-७, २५-१८ को सेटमा जित निकाल्दै सुरुवाती तीन अंक जोड्यो। दिनको दोस्रो खेलमा एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिसले विजयी सुरुवात गर्यो। सुरुवाती दुई सेट गुमाएको एपीएफले तेस्रो सेट जित्दै खेलमा फर्कने कोसिस गरे पनि सफल हुन सकेन।
पुलिसले भने एपीएफलाई सुरुवातबाटै दबाबमा राख्न सफल भयो । पुलिसले सुरुवाती दुई सेट २५-२०,२५-२३ ले जित्दा तेस्रो सेट एपीएफले २५-१७ जित्यो। तर, चौथो सेट २-१६ ले जित्दै पुलिसले महत्त्वपूर्ण तीन अंक हात पार्यो । आज नै पुरुषतर्फका तीन खेल हुनेछन्।