मिठाराम र अनिताको उम्मेदवारीले बुढानीलकण्ठका मतदाता उत्साहित (भिडियाे)

मदन नेपाली

बुढानीलकण्ठ

भनिन्छ, ‘गाउँदेखि शहर, स्थानीय तह निर्वाचनको लहर।’ पक्कै यतिबेला पनि उम्मेदवारहरू भोट माग्दै घरघरमा पुगेका छन्। मतदातालाई आफूतिर तान्न उनीहरूले अनेकौं आकर्षक योजनाहरू पस्किरहेछन्।

स्वतन्त्र तथा पार्टीका उम्मेदवार वर्षौँपछि भोट माग्दै घरदैलोमा छिरेका छन्। तर कति यस्ता उम्मेदवार छन्, जो जित्दा-हार्दा होस् या उम्मेदवार बन्दा या नबन्दा गाउँ–समाजको विकासका लागि नै तैनाथ छन्।

मिठाराम अधिकारी र अनिता लामा लामो समयदेखि राजनीतिक र सामाजिक रूपमा सक्रिय छन्। हाल बुढानीलकण्ठ नगरपालिकाको मेयर पदमा अधिकारी र उपमेयर पदमा लामा उम्मेदवार बनेका छन्।

उनीहरू अर्थात् बुढानीलकण्ठका जनप्रेमी उम्मेदवार ‘अधिकारी–लामा’ भोट माग्दै मतदाताका घरसम्म पुगका छन्। उनीहरू भोट मात्रै माग्दैनन्, बुढानीलकण्ठको विकास र समृद्धिको चर्चा गर्छन्। शिक्षा, स्वास्थ्य, रोजगारी र सुन्दर गाउँ–शहरको परिकल्पना गर्छन्। मतदाताबाट टिप्पणी र गुनासो माग्छन्, अनि समीक्षा गर्नतिर लाग्छन्।

उनीहरू आ–आफ्नो समूह बनाएर ‘सूर्य’ चिन्हमा भोट माग्दै जनताको घरदैलोमा गइरहेका छन्। आधिकारिक उम्मेदवार नेकपा (एमाले)बाट भएपनि स्वतन्त्र युवा र अन्य पार्टीका समर्थकहरू पनि मिठाराम र अनिताको उम्मेदवारीले उत्साहित छन्।

‘सूर्यकाे झण्डा फहराउँदै हिँड्ने एमाले मात्रै छैनन्। यहाँ त कांग्रेस, माओवादी, राप्रपा वा स्वतन्त्र पनि मिठाराम र अनिता दिदीको प्रचारप्रसारमा छन्,’ माओवादी केन्द्रनिकट एक विद्यार्थी नेता भन्छन्।

उम्मेदवारका सर्मथक तथा कार्यक्रर्ताहरू बोकेर एकाबिहानैदेखि बेलुकी अबेरसम्म घरदैलोमै भेटिन्छन्। त्यसो त मिठाराम र अनिता चुनाव बाहेक अरूबेला पनि जनतासँगै हुन्छन्। मतदाताको समस्यामा समाधान बनिदिन्छन्। र, उनीहरूकै आग्रहमा अहिले उम्मेदवार बनेका छन्।

शनिबारको बिहानीपख बुढानीलकण्ठका विभिन्न वडामा उम्मेदवार मिठाराम र अनिता घरदैलो अभियान भेटिएका छन्। उनीहरू गाउँ–समाजका समस्याहरू टिपिरहेका थिए। चासो–गुनासो ध्यानपूर्वक सुनिरेहका थिए। बिहानैदेखि घरदैलोमा हिँडेका उनीहरूलाई स्थानीयले भव्य स्वागत गरे। सिमसिमे झरीमा भिजेर हिँड्दा पनि मतदाता भेट्न भने उनीहरूले छाडेनन्।

प्रकाशित मिति: : 2022-04-30 12:43:00

प्रतिकृया दिनुहोस्